Logo

भारतीय क्रिकेट टोली लगातार तेस्रो पटक आईसीसीको कारवाहीमा



Spread the love

एजेन्सी। भारतीय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को लगातार तेस्रो पटक कारवाहीमा परेको छ । बुधबार आईसीसीले प्रेस विज्ञप्ती जारी गर्दै ८० प्रतिशत जरिवाना लगाएको छ ।

पहिलाे एकदिवसीयमा ‘स्लो ओभर रेट’ मा बलिङ गरेको भन्दै भारतमाथि आईसीसीले खेलको ८० प्रतिशत ‘म्याच फी’ काे जरिबाना लगाएको हो । आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तर्गत २.२२ मा आधारित भएर भारतमाथि जरिबाना लगाइएको हो । आईसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई २० प्रतिशत जरिबाना लगाएको हो ।

आईसीसीले आईतबार सम्पन्न पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण भारतलाई २० प्रतिशत रकम जरिवना लगाएको थियो । त्यसअघि भारतलाई शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण आईसीसीले भारतलाई ४० प्रतिशत रकम जरिवना लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्