Logo

इपिएललाई निरन्तर आइसिसीको मान्यता



Spread the love

२३ माघ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) को यसपटकको संस्करणलाई पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । इपिएललाई आइसिसीले मान्यता दिएको यो तेस्रो पटक हो ।

चैत १ गते देखि १५ गते सम्म त्रिवि मैदानमा इपिएलको चौथो संस्करण हुनेछ । इपिएलमा साविक विजेता ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इभाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली रहेका छन् ।

यसपटक इपिएलको सर्वाधिक आकर्षणको रुपमा वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस खेल पोखरा राइनोजबाट खेल्ने भएका छन् । साथै ड्वाने स्मिथ श्रीलंकन उपुल थरंगा र अफगानिस्तानका मोहमद शेहजादसमेत छन् । यस्तै अन्य विदेशी खेलाडीहरुको नाम सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्