Logo

त्रिकोणात्मक सिरिज : अमेरिकाद्वारा ओमानसामु २ सय १४ रनको लक्ष्य प्रस्तुत



Spread the love

२३ माघ, काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो ।

अमेरिकाका लागि इयन होल्यान्डले ७८ बलको सामना गर्दै सर्वाधिक ६५ रनको योगदान दिए । अक्ष होमराजले ५३ बलमा ४४ रन बनाए ।यस्तै मोनाक पटेल १९, तिमिल पटेलले १६, आरोन जोन्सनले १३ र रस्ती थेरोनले १० रन बनाए । कप्तान सौरभ नेत्रभाल्करले अविजित १४ रन जोडे ।

ओमानका मोहम्मद नदीमले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कप्तान जिशान मकसुदले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए । बिलाल खान र अकीब इलियास २-२ विकेट लिए । कलीमुल्लाहको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्