Logo

ए डिभिजन लिग: सरस्वतीलाई हराउँदै मच्छिन्द्र उक्लियो अंक तालिकाको शीर्ष स्थानमा



Spread the love

२३ माघ, काठमाडौँ । कतार एयरवरेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार सरस्वती युथ क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

११ खेलमा मछिन्द्रको २४ अंक पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको २३ अंक छ । आजै हुने खेलमा नेपाल एपिएफ क्लबलाई हराउन सके आर्मी पुनः शीर्षस्थानमा उक्लनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन दीपक राईले २, देवेन्द्र तामाङ , विशाल राई, एडिलाज सोमिडे र आन्द्रेस नियाले समान गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्