Logo

अनिता सम्मिलित सेथु उपविजेता बन्दै सेमिफाइनलमा



Spread the love

२३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतीय लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बैंगलोर रंगशालामा बरोडा एफसीलाई ६–० ले पराजित गर्दै सेथु समूह ‘ए’ को उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

सेथुका लागि सन्ध्याले ४ गोल गरिन् भने कार्तिका र आम्सा भल्लीले समान १ गोल गरिन् । १२ अंकमा तालिकाको दोस्रो स्थानमा रहँदै सेथु समूह ‘ए’को उपविजेता बन्दै अन्तिम ४ मा पुगेको हो। समूह चरणमा सेथुले ४ खेलमा जित निकाल्दा १ खेलमा पराजित भएको थियो ।

खेलको नवौं मिनेटमा पहिलो गोल गरेकी सन्ध्याले १५ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन्। ७५ मिनेटमा व्यक्तिगत गोल थप्दै ह्याट्रिक पुरा गरेकी सन्ध्याले ८२औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन्। कार्तिकाले ७९ र अम्सा भल्लीले ३४ मिनेटमा गोल गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्