Logo

माघ २४ गते शुक्रबार,भोलीको राशीफल



Spread the love

भोली मिति २०७६ साल माघ २४ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – अरुलाई प्रभावित गरेर काम लिन सकिनेछ भने सहयोगीहरुबाट भनेजस्तो साथ पाईने हुदा मन प्रशन्न रहनेछ । काममा ईमान्दारिता पुर्वक समर्पित हुदा उच्च मुल्याङकन हुनेछ भने नोकरि पाउने तथा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । पराक्रमि क्रियाकलापहरुमा भाग लिई दिईने प्रस्तुतिले सबैको मन तान्नेछ । माया प्रेमको डोरो कसिनेछ भने घर परिवारबाट सबैको सहयोया पाईने योग रहेकोछ । साझपख आफन्तसँग मनमुटाब बढ्नेछ ।

वृष राशी –  अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।

मिथुन राशी – आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

कर्कट राशी –काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ । सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ ।

सिंह राशी – चल तथा अचल पुँजी परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत धन सम्पती बढाउँन सकिनेछ । अध्ययन अध्यापनमा प्रगति गरि राम्रो नतिजा हात लगाउँन सकिनेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग राम्रो सम्बन्ध स्थापित हुँने हुँदा ईच्छित कामनाहरु पुरा गर्न सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले भने सताउँन सक्छ ध्यान दिनुहोला । साझपख कामकै सवालमा लामो दुरिको यात्रा हुनेछ ।

कन्या राशी – राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा देखा पर्ने शंका तथा अबिश्वासलाई चिर्दै एक अर्का सँग नजिक हुने सकिनेछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै चाहेको सफलता प्राप्त गर्न सकिनेछ ।

तुला राशी – समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने बिभिन्न क्रियाकलापमा सहभागि भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । बुवा वा बुवा सरहका मानिससँग सहभागि भई उपलब्धिमुलक शिक्षा लिने अवसर जुर्नेछ ।

वृश्चिक राशी – पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्रो हुनेछ। माया प्रेमको विषयबाट टाढा रहनुहोला। दिन राम्रो छैन।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।  दिन अत्यन्तै राम्रो छ। सम्पति आर्जन हुनेछ।झै–झगडाको योग छ। मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।घरमा अतिथीको आगमन हुनेछ।

धनु राशी –अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । व्यापारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । साझपख प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर राशी – स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। भूमि बाट लाभ रहला। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

कुम्भ राशी –  आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति तथा समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ । साझपख समय राम्रो रहेकोले नसोचेको धन सम्पती हात लागी हुने समय रहेकोछ । अध्ययनमा राम्रो प्रगती गरि नतिजा आफैतिर पार्न सकिनेछ ।तपाईको दिन शुभ रहोस् ।

मीन राशी – व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्