Logo

‘लभ आज कल ’को नयाँ गीत’ मेहरमा’ सार्वजानिक ! कार्तिक र साराबिच प्रेम, रोमान्स, झगडा!(भिडियोमा)



Spread the love

युवा पुस्तामाझ चर्चा परिचर्चा बटुल्न सफल नायक तथा नायिका कार्तिक आर्यन र सारा अलि खान अभिनित चलचित्र ‘लभ आज कल’ (Love Aaj Kal 2′ को नयाँ गीत ‘मेहरमा’ बोलको गीत सार्वजानिक भएको छ ।

उक्त चलचित्र यहि फेब्रुअरी १४​​ गते भ्यालेन्टाइनको अवसर पारेर विश्वभरि प्रदर्शनमा हुँदैछ । कार्तिक आर्यन र नायिका सारा अलि खानको मुख्य भूमिका रहेको चलचित्रको गीतमा कार्तिक र साराबिच प्रेम, रोमान्स, झगडालाई देखाइएको छ ।

ट्रेलर सार्वजनिक भएपछी विशेषगरि नायिका साराको अभिनयलाई लिएर थुप्रै ट्रोल पनि बनाएका छन् । नायिकाले ओभर एक्टिङ गरेको भन्दै थुप्रै ट्रोल बनेका छन् तर सारालाई भने यो कुराले निकै नै चित्त दुखाएको छ ।

इर्षद कमिलको शब्द रहेको गीतमा प्रितमले संगीत भरेका छन् भने गायक दर्शन रावल र गायिका अन्तर मित्राको स्वर रहेको छ । इम्तियाज अलीले निर्देशन गरेको गरेको चलचित्र दिनेश विजान निर्माण गरेका छन्।

हेर्नुहोस् भिडियो :

https://youtu.be/HYUpNJJELeE


प्रतिक्रिया दिनुहोस्