Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९२
संक्रमित
२४,४३२
निको भएका
१६,७२८

सुँगाको कथा




–रवीन्द्रनाथ ठाकुर


एउटा सुँगा थियो । उक्त सुँगा निकै मूर्ख थियो । गीत त गाउँथ्यो तर शास्त्र भने पढ्दैनथ्यो । उफ्रिन्थ्यो, उड्थ्यो तर उसलाई नियम–कानुन कसलाई भन्छन् थाहा थिएन ।

राजा बोले,“यस्तो सुँगा के काम लाग्छ ? यसबाट केही फाइदा हुँदैन, बेफाइदा भने अवश्य नै हुन्छ । जंगलको फल खान्छ, अनि राजाको फलफूल बजारमा दाग देखिन्छ ।”
मन्त्रीलाई बोलाएर उनले भने,“यस सुँगालाई शिक्षा देउ ।”

सुँगालाई शिक्षा दिने काम राजाको भान्जालाई मिल्यो । पण्डितहरुको बैठक बस्यो । बैठकको विषय थियो,“उक्त जीवको अविद्याको कारण के थियो ?” बैठकमा निकै गहिरो विचार भयो ।
लामो समयपछिको छलफलपछि बैठक यस्तो निष्कर्षमा पुग्यो: सुँगा आफ्नो गुँड साधारण घाँस पातले बनाउँछन् । यस्तो खालको घरमा विद्या आउँदैन । त्यसैले सबैभन्दा पहिला यसको लागि ठुलो पिंजडा बनाउनु पर्छ ।
पण्डितहरुलाई दक्षिणा मिल्यो अनि उनीहरु खुशी भएर आफ्नो–आफ्नो घर गए ।

ीपजडा बनाउनको लागि मिस्त्री बोलाइयो । मिस्त्री सुनको पिंजडा बनाउन काममा जुट्न थाल्यो । पिंजडा निकै अनौठो बन्यो, जुन पिंजडा देख्नको लागि देश विदेशबाट मानिसहरु आउन थाले । कसैले भन्थे,“ शिक्षाको अन्त्य भयो ।” अर्कोले भन्थ्यो,“शिक्षा नभएर के भयो त, पिंजडा त बन्यो । यो सुँगा निकै भाग्यशाली हो ।”
मिस्त्रीलाई थैलो भरुन्जेल इनाम मिल्यो । उ इनाम मिलेपछि घरतिर दौडिहाल्यो ।
पन्डितजी सुँगालाई विद्या पढाउनको लागि बसे । नश लिएर पन्डित बोले,“ थोरै किताबबाट यो कार्य सम्भव छैन ।”
राजाको भान्जाले पन्डितजीको कुरा सुनेपछि किताब लेख्ने मानिसलाई बोलाउन गए । लेखकहरुको भीड लाग्यो । जसले देखे पनि उसले बतायो कि, “स्यावास् अब कत्ति पनि विद्या भरिने ठाउँ रहेको छैन ।”
लेखकहरुले गाडामा लादेर इनाम घरमा लगे । त्यसपछि उनीहरुको घरमा कुनै पनि किसिमको समस्या देखिएन ।
पिंजडाको स्याहार–सुसारमा मामा भान्जा निकै व्यस्त भए । उनीहरु यति व्यस्त भए कि यसको कुनै सीमा नै थिएन । मर्मतको काम पनि भइरहेको थियो । त्यसपछि बढार्ने, रंग लगाउने कामले भ्याइनभ्याइ थियो । जसले देख्थ्यो उसले भन्थ्यो, “उन्नति भइरहेको छ ।”
यस कामको लागि अनेकन मानिसहरु आए अनि उनीहरुको काममा नजर लगाउन अरु मानिस । सबैले महिना–महिनामा धेरै तलब लिइ आफ्नो घरको बाकस भर्न थाले ।
कामदार अनि उसका चाचा, फुपू, भाइ, बहिनी निकै खुशी भए अनि कोठामा ठुलो गद्दी बिसाएर बसे ।

संसारमा अभाव त निकै छन् तर निन्दाको पनि कमी छैन । एउटा खोज्दा हजार भेटिन्छन् । उनीहरु त बोले,“पिंजडाको त उन्नति हुँदैछ ।” तर सुँगाको भने कसैले पनि खबर लिएनन् ।
सुँगाको बारेमा वास्ता नगरेको खबर राजाको कानमा पर्यो । राजाले भान्जालाई बोलाए अनि सोधे,“भान्जा के हो कुरा त अर्कै सुनिंदैछ त ?”
भान्जाले भने,“ महाराज, यदि तपाईं साँचो कुरा सुन्न चाहनुहुन्छ भने मिस्त्रीलाई बोलाउनुस्, पन्डितको बोलाउनुहोस्, लेखकहरुलाई बोलाउनुहोस्, मर्मत गर्नेहरुलाई बोलाउनुहोस् । इन्दामा आफूलाई कुनै पनि इनाम मिल्दैन । त्यसैले यिनीहरुले यस्ता खालका कुराहरु गरेका छन् ।”
भान्जाको जवाफपछि राजाले पुरै घटनाक्रमलाई बुझे अनि भान्जाको घाँटीमा उत्ति चाँडै सुनको हार लगाइदिए ।

राजालाई आफ्ना आँखाले शिक्षादिक्षा कसरी दिइरहेका छन् भनेर हेर्न मन लाग्यो । एकदिन राजा आफ्ना मित्र, मन्त्री, भारदारसहित शिक्षाशालामा गए ।
शिक्षाशालामा पुग्ने बित्तिकै विभिन्न किसिमका बाजाहरु बज्न थाले ।
पन्डित घाँटी दुखाउन्जेल मन्त्र पाठ गर्न थाले । मिस्त्री, मजदुर, सुनार, लेखक, हेरविचार गर्ने लगायतका सबैले जय–जयकार गाउन थाले ।
भान्जा बोले,“महाराज, देख्दै हुनुहुन्छ नि ?”
राजाले भने,“आश्चर्य शब्दको त कमी नै छ ।”
त्यसपछि भान्जा बोले, “शब्द मात्र किन, यसको पछाडि लुकेको रहस्य पनि कम छैन ।”
राजा प्रसन्न भएर फर्किए । राजा हात्तीमा सवार हुँदै थिए । यसैबेलामा कसैले उनलाई भन्यो,“ महाराज तपाईंले सुँगालाई देख्नुभएको छ त ? ”
राजा आश्चर्यचकित भए अनि बोले,“अँ साँच्चै हो त ! मैले त यस कुरालाई यादै नगरेको । मैले त सुँगालाई देखेकै छैन ।”
राजा फर्केर पन्डितसँग बोले,“मलाइ अब यो देख्नु छ कि तिमीले कसरी पाठ पढाउँछौ । ”
पढाउने शैली राजालाई देखाइयो । जुन शैली देखेर राजा निकै खुशी भए । पढाउने शैली सुँगाको तुलनामा निकै विस्तृत थियो, जसको कारणले सुँगा देखिएको थिएन । राजाले सोंचेः अब सुँगालाई देख्नु के आवश्यक हुन्छ र ? उसलाई नदेखेपनि काम बन्छ । राजाले यति सब देखेपछि बुझे कि बन्दोबस्तमा कुनै पनि कुराको कमी छैन । पिंजडमा दाना–पानी त थिएन, शिक्षामात्र थियो । यानेकि धेरै किताबहरुको पन्नाहरु च्यातेर कलमको निमबाट सुँगाको मुखमा पेल्ने गर्थे । गीत त बन्द भइसकेको थियो, चिच्याहटको पनि कुनै अनुभव हुन छाडेको थियो । सुँगाको मुख भरिएर पुरै बन्द भएको थियो । जुन कुरा देख्ने मानिसको होस उठ्न सक्थ्यो ।
जब राजा दोस्रोचोटि हात्तीमा चढ्न थालेका थिए, तब उनले भने,“ निन्दा गर्नेको कान बटार्नु ।”

सुँगा दिन प्रतिदिन गरिने अभद्र व्यवहारका कारण अर्धमृत अवस्थामा पुग्दै थियो । सुँगाको स्याहारसुसार गर्नेलाई लाग्यो कि प्रगति निकै आशाजनक हुँदै छ । अभद्र व्यवहारका बाबजूत पनि सुँगाले पंक्षीको स्वभाव छाडेको थिएन । बिहानै उ उज्यालोतिर हेर्ने गथ्र्यो र अन्याय सहन नसकेर आफ्नो पंखा फट्फटाउन लागेको थियो । एकदिन त यस्तो पनि देखियो कि आफ्नो रोगी चुच्चोले पिंजडाको बार काट्न प्रयास गर्दै छ ।
त्यहाँको सुरक्षार्थ खटिएको सैनिक चिच्यायो,“ यो के हो यस्तो अशिष्ट व्यवहार हो ?”
उत्ति चाँडै मिस्त्री हतियारसहित आयो । मिस्त्रीले धमाधम सुँगालाई पिट्न थाल्यो । मिस्त्रीले सुँगाको प्वाँख पनि काटिदियो ।
राजाका मानिसहरु घोप्टे मुख पारी टाउको हल्लाउँदै भने,“ यस राज्यमा भएका पंक्षीहरु मूर्खहरु मात्र नभई नुनको सोझो गर्न पनि आउँदैन ।”
त्यसपछि पन्डितहरु शिक्षा नामक काण्ड रच्न थाले ।
मिस्त्रीको कुरा सुनेर राजाले उसलाई सुनको गहना दिए अनि सैनिकको बठ्याइँ देखेर उसलाई जागिरबाट निकाले ।

सुँगा मर्यो । कहिले मर्यो, यस कुराको निश्चय कसैले पनि गर्न सकेनन् ।
एकजना मूर्खले सुँगा मरेको हल्ला फैलायो ।
राजाले भान्जालाई बोलाए अनि प्रश्न गरे,“भान्जा यो मैले के सुन्दै छु ?”
भान्जाले प्रतिउत्तरमा भने,“महाराज, सुँगाको शिक्षा पुरा भयो ।”
राजाले फेरि सोधे,“अझै पनि चलिरहन्छ ?”
भान्जाले जवाफ फर्काए,“ हजुर महाराज, राम भन्नुहोस्”

“अझै पनि उड्छ ?”
“नाइ कतै पनि उड्दैन”
“अझै पनि गाउँछ ?”
“नाइ ”
“दाना नमिलेर अझै पनि चिच्याउँछ ?”
“नाइ ”
राजाले बताए,“एक चोटि सुँगालाई ल्याउन त देउ, म पनि हेर्छु ।”
सुँगा ल्याइयो, सँगसँगै सैनिक पनि आए ।
राजाले सुँगालाई दबाए । सुँगाले केही पनि प्रतिकृया जनाएन बरु उसको पेटमा भएका सुकेका पातहरु बज्न थाले ।
बाहिर वसन्तको दक्षिणी हावामा नयाँ पलाएका पालुवाहरुले आफ्नो सासद्धारा खुलेको बनको आकाशलाई आकुल बनाए ।

प्रतिक्रिया दिनुहोस्