Logo

बङ्गलादेशका सेना प्रमुखद्वारा वीर स्मारकमा माल्यापर्ण



Spread the love

२६ माघ, काठमाडाैँ – बङ्गलादेशका सेना प्रमुख अजिज् अहमदले टुँडिखेल सैनिक मञ्चस्थित वीर स्मारकामा शनिबार माल्यार्पण गरेका छन् ।

उनको सम्मानमा जङ्गीअङ्डा परिसरमा नेपाली सेनाको एक टुकडीले शनिबारै सम्मान गारत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा बङ्गलादेशका प्रधानसेनापति अजिज् नेपालको पाँच दिने औपचारिक भ्रमणमा शुक्रबार आएका हुन् ।

भ्रमणका सिलसिलामा उनि पोखरास्थित पश्चिम पृतना हेडक्वाटर गएका छन् । केही समयअघि प्रधानसेनापति थापाले बङ्गलादेशको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा यहाँ रहँदा बङ्गलादेशका सेना प्रमुख अजिज्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गर्नुहुने कार्यक्रम रहेको सेनाले जानकारी दिएको छ । उनले काभ्रेस्थित वीरेन्द्र शान्तिकार्य तालीम केन्द्रको पनि अवलोकन भ्रमण गर्नेछन् ।


दुवै देशका सेना विभिन्न तहमा हुने तालीम र प्रशिक्षणमा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्