Logo

ला लिगा: ओसासुनामाथिको सानदार जितसँगै रियाल शीर्षस्थानमा यथावतै



Spread the love

एजेन्सी । स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सानदार हात पारेको छ । रियलले एक गोलले पछि परेको अवस्थालाई उल्ट्याएर ओसासुनामाथि ४–१ को सानदार जित हात पारेको हो ।

खेलको १४औं मिनेटमा युनाइको गोलमार्फत ओसासुनाले खेलमा अग्रता बनायो । ३३औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३८औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गरेपछि रियालले पहिलो हाफमा २–१ को अग्रता लियो । करिम बेन्जेमाको पासमा ८४औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै रियाललाई फराकिलो जिततर्फ धकेले । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फेडरिको भेलभेर्डेको पासमा लुका जोभिकले गोल गर्दै ४–१ को सानदार जित दिलाए ।

जितपछि लिगमा २३ खेलबाट रियल मड्रिडको ५२ अंक छ भने बार्सिलोनाको समान खेलबाट ४९ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्