Logo

बच्चाको उत्कृष्ट विकासका लागि हजुरबुवा–हजुरआमाको साथ अत्यावश्यक !



Spread the love

एजेन्सी । हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्ये आफ्नो हजुरबुवा हजुरआमासँग बिताएका पल पनि एक हो । हजुरबुवा–हजुरआमाले कसैको पनि बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । जो बच्चा आफ्नो हजुरबुवा हजुरआमासँगै बस्छन् उनीहरु सधैं खुसी र मिलनसार हुन्छन् ।

तर आज जसरी शहर बढिरहेको छ, हाम्रो कोठा साँघुरिँदै छ । यस्तोमा मानिसहरु एक्लै बस्न बाध्य छन् । विज्ञानले पनि बच्चालाई आफ्नो हजुरबुवा–हजुरआमासँगै राख्नुपर्ने सुझाउँछ । विज्ञानलाई मान्ने हो भने जो बच्चा आफ्ना हजुरबुवा हजुरआमासँग बस्छन्, उनीहरु एक्लै बस्ने बच्चाभन्दा निकै भिन्न हुन्छन् ।

बच्चा खुसी र सुरक्षित हुन्छन्ः
यदि आमाबुवा जागिरे छन् र उक्त घरमा हजुरबुवा हजुरआमा छन् भने बच्चाको हेरविचारमा आमाबुवाले कुनै चिन्ता लिनुपर्दैन । किनभने तपाईंको आमाबुवाले तपाईंको सन्तानलाई तपाईंले भन्दा राम्रो हेरविचार र लालनपालन गरिरहेका हुन्छन् । हजुरबुवा हजुरआमाले बच्चा हुर्काउन मात्रै सहयोग गर्दैनन्, सुरक्षा पनि प्रदान गर्छन् ।
सिक्छन् नैतिक गुणः
जुरबुवा हजुरआमा विश्वास, प्रेम र सुरुवाती शिक्षाको स्तम्भका रुपमा कार्य गर्छन् । उनीहरुले बच्चालाई राम्रो कहानी सुनाएरै जीवनमा केही कुरा किन महत्वपूर्ण हुन्छ भनेर सिकाएका हुन्छन् । हजुरबुवा–हजुरआमाको कहानीले बच्चालाई ज्ञान दिन्छ । यी बच्चाको जीवनमा यस्ता नैतिक कहानीको राम्रो प्रभाव पर्ने गर्छ ।
तपाईंका आमा–बुवा पनि खुसी र स्वस्थ हुन्छन्ः
घरमा बच्चा भएपछि तपाईंको आमाबुवाले पनि एक्लो महसुस गर्दैनन्, उनीहरुलाई खालीपन पनि महसुस हुँदैन । उमेर बढेसँगै आमाबुवा डिप्रेशन र बिर्सने बानीका शिकार हुन्छन् । यस्तोमा तपाईंको बच्चासँग बसेर तपाईंका आमाबुवा पनि खुसी र स्वस्थ हुने गर्छन् ।आफ्नो जराबारे थाहा पाएर सिक्छन् धेरै गुणः
जब बच्चाले आफ्नो परिवारको इतिहासबारे थाहा पाउँछ र आफ्नो हजुरबुवा हजुरआमाको भावनात्मक कुरा बुझ्ने गर्छ तब बच्चामा कसैसँग पनि भावनात्मक सम्बन्ध स्थापित गर्ने गुण हुन्छ । यसो गर्दा बच्चा आफ्नो हजुरबुवा–हजुरआमाको नजिक मात्रै हुने होइन उनीहरुमा स्नेह, आदर र सेवाजस्ता मानवीय गुण विकसित हुने गर्छ ।
भावनात्मक तरिकाले बलियो हुन्छन्ः
जब बच्चाले आफ्नो हजुरबुवा–हजुरआमासँग धेरै समय बिताउँछ तब उसँग कुनै पनि भावनात्मक वा व्यवहारसम्बन्धि समस्यासँग जुध्नका लागि ऊ थप समझदार हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्