Logo

ए डिभिजन लिग: साविक विजेता मनाङ उपाधि होडबाट बाहिरियो, लिगमा भरतको ५० गोल पुरा



Spread the love

२८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ। आर्मीले लिगको अन्तिम खेलअघि ब्रिगेड ब्वाइज क्लबलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मंगलबार बिहान भएको खेलमा भारत खवासले पाँचौ मिनेटमा गोल गर्दी आर्मीलाई अग्रता दिलाए । यस्तै ५४ मिनेटमा विकास तामाङले र ७० मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै जित पक्का गरे ।

योसँगै १२ खेलबाट २९ अंकसहित आर्मी शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २८ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ । १४ क्लब सहभागी लिगको फाइनलमा अब यी दुई क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल फागुन ३ गते शनिबार दशरथ रंगशालमा हुनेछ ।

आर्मीलाई जित्न वा बराबरी नै काफी छ भने मच्छिन्द्रलाई जितको खाँचो हुनेछ। आर्मी र मच्छिन्द्र मध्ये एकले उपाधि जित्ने भएसँगै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब २ खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ।
भरतले ५० गोल पूरा गरे
यस्तै, कप्तान भरत खवास ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी बनेका छन् । एन्फा तेस्रो ब्याचका उत्पादन भरतले यसअघि संकटा क्लब फ्रेण्ड्स क्लब र नेपाल पुलिसबाट पनि लिग खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्