Logo

‘महान ब्राजिलियन फुटबलर पेले लाजका कारण घरबाट बाहिर निस्कन अप्ठेरो मान्छन् ’



Spread the love

एजेन्सी । एक्लै हिँडडुल गर्न नसक्ने भएपछि महान ब्राजिलियन फुटबलर पेले घरबाहिर निस्कन छाडेका उनका छोराले बताएका छन्। उनी कसैको सहाराबिना हिँड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका हुन् ।

७९ वर्षका पेललाई केही समयका लागि कम्मरमा समस्या देखिएको थियो अब उनलाई हिँड्न फ्रेम चाहिन्छ । उनलाई पछिल्लो पटक सार्वजनिक स्थानमा ह्विलचेयरमा मात्रै देखिएको छ । ‘उनलाई असाध्यै अप्ठेरो लाग्छ, एकान्त मनपर्छ,’ उनका छोरा इडिन्होले टिभी ग्लोबललाई जानकारी दिए ।

पछिल्ला केही वर्षयता उनको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिदैं आएको छ। ६ महिनाको अवधिमा दोश्रो पटक अस्पताल भर्ना गर्नुपरेपछि छ सन् २०१५ मा उनको प्रोटेस्टेडको सर्जरी गरिएको थियो।

तीन पटक विश्व कप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पेलेले आफ्नो २१ वर्षको करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८ गोल हानेर विश्व रेकर्ड राखेका छन् । ब्राजिलका लागि ९१ खेलमा उनले ७७ गोल हानेका छन् ।

प्रतिक्रिया दिनुहोस्