Logo

महजोडीले गरे चलचित्र ‘शत्रु गते’को निर्माण घोषणा



Spread the love

चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लगानीमा नेपाली फिल्म निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्म ‘सत्रुगते’को औपचारिक निर्माण घोषणा गरियो । मह संचारको प्रस्तुतीमा ‘सत्रुगते’ निर्माण हुन लागेको हो । सुपरहिट चलचित्र ‘जात्रा’निर्देशन गरिसकेका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रलाई हास्यकलाकार किरण के.सी. ले प्रस्तुत गर्दैछन।

मह सञ्चारसँग कलाकार किरण केसीको सहकार्य रहेको चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । प्रदीप भट्टराईको निर्देशनमा जम्बो कलाकारको टोलि सहित निर्माण हुने फिल्म  सत्रुगतेले पुराना देखि नयाँ कलाकारलाई समेत समेटेको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहनेछ।

फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा दीपकराज गिरीले लेखेका हुन्। फिल्ममा राजनराज शिवाकोटीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहने छ। दिर्घ गुरुङको छायाँकन रहने फिल्मको छायाँकन कत्तिक ६ गते देखि सुरु गरिने छ।

 

प्रतिक्रिया दिनुहोस्