Logo

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको विश्व कीर्तिमानै कीर्तिमान



Spread the love

२९ माघ, काठमाडौं । बुधबार कीर्तिपुरको टीयु क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको लागि पारस खड्काले २० रन जोडे भने दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा नै आउट भए भने सुवास खकुरेल शुन्यमा पेभेलियन फर्किए ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भएको थियो । नेपालका सन्दिप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले ४ विकेट लिए ।

यस क्रममा एकदिसीय क्रिकेटमा नेपालले विश्व कीर्तिमान बनाएको छ । नेपालको यो एकदिवसीयमा सर्वाधिक छिटो जित पनि हो । नेपालले १५ वर्षपछि उक्त कीर्तिमान तोडेको छ । अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा एक मेडन राखेर १६ रन खर्चिदै ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन पनि हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए ।

यसै खेलबाट नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पनि पहिलो श्रेणीको क्रिकेटमा ५० खेल पूरा गरेका छन् । ज्ञानेन्द्र पहिलो श्रोणीका सर्वाधिक खेल खेल्ने खेलाडी पनि बने । ज्ञानेन्द्रले पहिलो श्रोणीका एक हजार एक सय ४८ रन बनाएका छन् । जसमा उनको ६ वटा अर्धशतक छ । नेपालका लागि पहिलो श्रेणीका सर्वाधिक रन बनाउने खेलाडी भने पूर्व कप्तान पारस खड्का हुन् । पारसले ४४ खेल खेल्दै एक हजार चार सय ९७ रन बनाएका छन् ।

अमेरिकाविरुद्धको दोस्रो जिसँगै सिरिजमा नेपालले चार अंक बनाएको छ । नेपाल छैटौं स्थानमा छ । सिरिजको शीर्ष स्थानमा रहेको ओमनले १० खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको अमेरिकाको १२ खेलबाट १२ अंक छ ।

प्रतिक्रिया दिनुहोस्