Logo

सन्दीपले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने



Spread the love

२९ माघ, काठमाडौँ । आईसीसी विश्व लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा ८ विकेट लिएका सन्दीप लामिछानेले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेल सकिएसँगै उनले लिएको हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन् ।

सिरिजमा सन्दीपले ओमानसँगको पहिलो खेलमा विकेट लिन सकेका थिएनन् । त्यस्तै अमेरिकाविरुद्धको दोस्रो खेलमा सन्दीपले २ विकेट लिए । ओमानविरुद्ध भएको तेस्रो खेलमा भने सन्दीपले विकेट लिएनन् । सन्दीपले सिरिजको अन्तिम खेलमा भने ६ विकेट लिए । उनले जम्मा ८ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्