Logo

उपाधि दौडमा रहेको मछिन्द्रले बिमललाई अन्तिम खेलमा उतार्दै



Spread the love

२९ माघ, काठमाडौं । निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्ने सम्भावना रहेको छ । लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले विमल खेल्ने सम्भावना रहेको बताए । विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) लिनुपर्ने हुन्छ ।

राष्ट्रिय टोलीका पूर्व सदस्य विमल घर्तीमगर र दीनेश राजवंशीको निलम्बन बिहीबार फुकुवा हुँदैछ । अनुशासन उल्लेखमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल र दीनेशलाई ९० दिन निलम्बन गरेको थियो ।

एउटै घटनामा मनाङ मस्याङ्दी क्लबका अन्जन विष्ट र आर्मीका सन्तोष तामाङ भने ४५ दिनको निलम्बन फुकुवा भएर घरेलु लिगमा फर्केको डेढ महिना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्