Logo

ए डिभिजन लिग: कप्तान जुमानु राईकाे ह्याट्रिकमा पुलिस विजयी



Spread the love

१ फागुन, काठमाडाै‌ं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लब जित निकालेको छ । एन्फा मैदानमा भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३ –० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जीतमा जुमानु राईले ह्याट्रिक गरे । जुमानु लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बन्न सफल भएका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पुलिसका लागि जुमानुले तीन गोल नै दोस्रो हाफमा गरेका थिए । उनले ४९, ५६ र ८६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

जित संगै पुलिस २० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ भने पराजय व्यहोरेको फ्रेण्ड्स १४ अङ्कसहित १०औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्