Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३४१
संक्रमित
६२,७९७
निको भएका
४५,२६७

रहेनन् राष्ट्रियसभा सदस्य उपाध्याय



२ फागुन, रुपन्देही । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिनुभएका उहाँको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहनुभएका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उहाँको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्