Logo

फ्रेन्च लिग वान: रेलिगसन जोनमा रहेको एमिन्ससँग पीएसजीको रोमाञ्चक बराबरी



Spread the love

एजेन्सी । शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा एमिन्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी रेलिगसन जोनमा रहेको एमिन्ससँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

एमिन्सका सेरोउ गुइरासीले दुई तथा गेइल काकुटा र फेउसेनी डियावाटीले गोल गरे । पीएसजीका नियान्जोउ कोउएसीले दुई तथा एन्डर हेरेरा र मोउरो इकार्डीले गोल गरे । मुख्य खेलाडी केलियन एम्बाप्पे र नेयमारबिनै मैदान उत्रिएको पीएसजी एक समय ३–० ले पछाडी रहेको थियो । त्यसपछि पीएसजीले खेलमा लगतार ४ गोल गर्दै अग्रता लिएपनि अन्तिम मिनेटमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भयो ।

बराबरीसँगै पीएसजीले दोस्रो स्थानको मार्सेलीसँग १३ अंकको स्पष्ट अग्रता कायम राखेको छ भने एमिन्स २१ अंकसहित रेलिगेशन जोनमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्