Logo

ला लिगा: शीर्षस्थानको रियाल म्याड्रिडसँग बार्सिलोनाको अंक बराबरी



Spread the love

एजेन्सी। क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गर्दै शीर्षस्थानको रियाल म्याड्रिडसँग अंक बराबरी गर्न सफल भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा गेटाफेमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै बार्सिलोनाले रियालसँग अंक बराबरी गरेको हो ।

बार्सिलोनालाई जित दिलाउने क्रममा एन्टोइन ग्रिजमन र सर्जी रोबर्टोले गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए ।

बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । एक खेल कम खेलेको रियालको पनि ५२ अंक रहेको छ । ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्