Logo

रक्षा मन्त्री पोखरेल सहितको टोली कालापानी क्षेत्रको निरीक्षणमा



Spread the love

फागुन, दार्चुला । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रको निरीक्षणमा गएको छ ।

रक्षामन्त्री पोखरेल, दार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्यहरू गेल्बुसिंह बोहरा र मानबहादुर धामी लगायत १० सदस्यिय टोली आज बिहान त्रिदेशीय सीमा क्षेत्रको निरीक्षण भ्रमणमा जानु भएको हो । निरीक्षणको क्रममा नेपालतर्फको सुरक्षा अवस्था, सडक र सीमा क्षेत्रको समेत अवलोकन गर्ने रक्षामन्त्री पोखरेलले बताउनुभयो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पीयाधुरा क्षेत्रको अतिक्रमण गरेपछि अतिक्रमित भूमि फिर्ता हुनुपर्ने माग आम नेपालीले गरिरहेका छन् । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्रीले नै सीमाको अवलोकन गरेपछि आफ्नो भूमि फिर्ता हुने आसा दार्चुलाबासीमा पलाएको प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बताउनुभयो ।

आइतबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आयोजित महोत्सबलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले नेपाल सरकारले आफ्नो एक इन्च भूमिपनि नछोड्ने र अतिक्रमित भूमि फिर्ता गरेरै छोड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

एक दशकदेखि कछुवा गतिमा रहेको दार्चुला सदरमुकामदेखि तिकंर जोड्ने सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने प्रतिबद्धता समेत रक्षा मन्त्री पोखरेलले गर्नुभएको छ ।

सीमामा राज्यको बलियो सुरक्षा उपस्थिति हुनुपर्ने, दार्चुला–तिकंर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाउनुपर्ने र अतिक्रमित भूमि नेपालले फिर्ता पाउनुपर्ने विषयमा आफू पटकपटक नेपाल सरकारसँग माग गरिरहेको दार्चुलाबाट निर्वाचित संघीय सांसद गणेश ठगुन्नाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्