Logo

एसीसी इस्टर्न रिजनको खेल तालिका सार्बजनिक, नेपालको पहिलो प्रतिद्वन्दी मलेसिया



Spread the love

६ फागुन, काठमाडौं । यही फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी मलेसियासँग फेब्रुअरी २९ मा प्रस्तिस्पर्धा गर्नेछ ।

जसमा नेपाल हङकङ सिंगापुर मलेसिया र थाइल्याण्ड छन् । यसअघि चीन भुटान र म्यानमारले पनि खेल्ने तयारी थियो । नेपालले फेब्रुअरी २९ मा पहिलो खेल मलेसियासंग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले मार्च १ मा हङकङसँग, मार्च ४ मा थाइल्याण्डसँग र मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

प्रतियोगिताको लागि क्यानले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् ।

प्रतिक्रिया दिनुहोस्