Logo

४८ घण्टा ‘क्वारेन्टाइन’मा रहेको नेपाल एयरलाइन्सको वाइडबडीले आजबाट नियमित उडान भर्ने



Spread the love

६ फागुन, काठमाडौं । चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आजबाट नियमित उडान भर्ने भएको छ।

जहाज मंगलबार साँझबाट सेड्युल फ्लाइटमा निस्कने नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख सिनियर क्याप्टेन दीपु ज्वार्चनले जानकारी दिए ।‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा गरेर जहाजलाई सुरक्षित राखेका छौं,’ उनले भने, ‘मंगलबार साँझबाट जहाज नियमित उडानमा निस्कन्छ ।’ उनका अनुसार, जहाज साँझ दोहाका लागि उड्दैछ ।

जहाजलाई ‘रिमोर्ट पार्किङ बे’ मा राखिएको छ। जहाँ नियमित उडानका जहाजसँग यसको कुनै सम्पर्क हुँदैन ।

प्रतिक्रिया दिनुहोस्