Logo

केही बोल न…….. किन मुस्कुराई मात्र रहन्छौ ???



Spread the love

हाम्रो सस्कारले तिमीलाई दिदी भन्न सिकाउथ्यो

तर तिमी

दिदी नभएर आमा थियौ

तैले सोधेको कुरा,,

काठमाडौँ बाट आएसि भन्छु

भन्दै गएकि थियौ

खोइ त……………?

के तिमी साँच्चै छाडेर गयौ ??

किन बोल्दैन यो तस्बिर

म जादै छु भनेर,

जति बेला पनि मुस्कुराइ रहन्छ मात्र

किन भन्दैन यो तस्बिर ??

आवाज निकालेर

तिमीले भने जसरी

“केही हुन्न के नडरा  न  सिलौटी…..”

 अब कसले भन्छ मलाई ??

जब आँखा चिम्लन्छु

तिमी आउछौ भन्दै

” उठ न साइली मलाई त……………..

………………………………………भन्दै”

मैले आमाको माया के जाने नै जाने र

जति तिम्रो माया जाने

छाडेर नै जानु थियो भने

किन मलाई मायाको

परिभाषा दिएर गयौ ??

गाउँ छदा,…..

कोही बिरामी परेर आउन सकेन भन्दा,

सुन्नासाथ दौडीहाल्थ्यौ नि

तर

आज तिमी किन

मान्छेको नै सिकार भयौ ??

तिमी अस्पतालको सैयामा छटपटाइरहदा

तिम्रो भन्दा बढी  मेरो मन

छटपटिन्थ्यो

कति प्रथाना गरे

कति पुकारे भगवान्

खोइ भगवान् ??

आजबाट मेरो भगवान् प्रति

श्रदा पनि अन्त्य भयो

हुन त भगवान् पनि

राम्रा राम्रा फुल टिप्दै हिड्छन अरे

तर……………………………

किन ……………??

सपना जस्तै लाग्छ

पत्यार नै लाग्दैन अझै पनि मलाई

तिमी यो संसारमा छैनौ भनेर

तर

अचानक सुने

” अस्पतालबाट निकालियो लास

पशुपति आर्याघाट तिर जादै छौ …..”

जहिले टिका लगाइदिदा भन्थ्यौ नि

“ठुली मान्छे भएस ……….”

तर मलाई तिमी जस्ता मान्छेको

जिन्दगी सिकार गर्ने दुस्ट सिकारीलाई

अग्निमा होमिदिन सक्ने

ठुली मान्छे बन्ने मन थियो

…………………………………..

तर मलाई तिमी जस्ता असल मान्छेहरू

खोजी खोजी लिन आउने भगवानलाई

केही कारबाही गर्न सक्ने

ठुली मान्छे बन्ने मन थियो

………………………………….

अब तिम्रो छातीमा टासिएर रुन पाउदिन रे..

दौडीदै केही खबर सुनाउन आउन पाउदिन रे..

के यो साँच्चै हो त ????

केही बोल न…….. किन मुस्कुराई मात्र रहन्छौ ???

 

संबन्धित समाचार ।

हजारौको ज्यान बचाएकी कमला आफु भने डाक्टरको लापरबाहीले गर्दा ज्यान गुमाउनु पर्‍यो

अस्पतालको चरम लापरबाही, एक महिलाको मृत्यु (हेर्नुहोस् भिडियो सहित!)

प्रतिक्रिया दिनुहोस्