Logo

डिभोर्सपछि पत्नीलाई पैसा बाँड्न नपरोस् भन्दै पतिले जलाए सात करोड रुपैयाँ



Spread the love

एजेन्सी । क्यानडाका ५५ वर्षीय एक व्यवसायीले ७/१३ लाख डलर अर्थात् सात करोडभन्दा बढी रुपैयाँ जलाएका छन् । उनले पत्नीसँगको डिभोर्सपछि आफूसँग भएको पैसा बाँड्न नपरोस् भन्दै उक्त रकम जलाएका हुन् ।

ब्रूस मेककोन बिलेले अदालतमा बयान दिने क्रममा आफूले विभिन्न बैंकमा भएका पैसा २५ पटक निकालेर जलाएको बताएका थिए । ब्रूसले आफूले बैंकबाट पैसा निकालेको रकमको रसिद आफूसँगै भएको समेत बताए ।ब्रूसले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् र उनलाई अदालतले ३० दिनको जेल सजाय सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्