Logo

अभिनेता सलमान खान बेलायती संसदद्वारा सम्मानित



Spread the love

भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध नायक सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ । सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पुर्‍याएको योगदान साथै समाजसेवामा समर्पित गरेको भन्दै कदरस्वरुप सम्मान गरिएको बताइएको छ ।

बेलायती संसदमा लामो समयदेखि सांसद रहेका भारतीय मुलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गर्दैे, ‘सलमान खान विश्वभरका लाखौँ मानिसबीच अभिनय गर्ने मोडेल तथा नायक हुन् । भारतीय सिनेमा जगतमा त उनी एक सफल व्यक्तित्व हुन् । यस बाहेक उनी एक प्रसिद्ध समाजसेवी पनि हुन् ।’ यो सम्मान उनलाई दिन पाउँदा म निकैै खुशी भएको छु’ वाजले भने । पुरस्कृत सलमानले आफूले शनिवार ग्रहण गरेको पुरस्कार सम्मानित पुरस्कार भएको जनाउँदै भने, ‘मेरा पिताजीले कहिल्यै पनि मैले यो पुरस्कार लिन पाँउला भन्ने सोच्नु भएको थिएन तर, मैले यो सम्मान पाएको छु । म अत्यन्तै खुशी छु । मैले यस अवसरमा सवै प्रशंसकलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्