Logo

प्रिमियर लिग: उपाधि होडमा रहेको लिभरपुलको अझै अपराजित यात्रा कायमै



Spread the love

एजेन्सी। मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा वेस्टह्याममाथि जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले वेस्टह्यामलाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगमा अपराजित यात्रालाई यथावत राख्न सफल भएको हो ।

एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुलको जितमा जर्जिन्हो विज्नाल्डम, मोहम्मद सलाह र साडियो मानेले गोल गरे । वेस्टह्यामका इसा डियोप र पाब्लो फोर्नाल्सले गोल गरे । जर्जिन्हो विजनाल्डमले खेलको नवौ मिनेटमा गाेल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । त्यसको तीन मिनेटपछि वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए । ५७ औं मिनेटमा पाब्लो फोर्नाल्सको गोल गरेपछि वेस्ट ह्यामले खेलमा २-१ काे अग्रता बनायाे । ६८ औं मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-२ काे जित दिलाए ।

जितसँगै अपराजित रहेको लिभरपुलले उपाधि जित्ने सम्भावनालाई थप मजवुत भएको छ । लिभरपुलको २७ खेलबाट ७९ अंक जोडेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २२ अंक बढी हो । पराजित वेस्टह्यामको २४ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थनमा छ ।

प्रतिक्रिया दिनुहोस्