Logo

हाजार्डले म्यानचेस्टर सिटी र बार्सिलोनाविरुद्धको खेल गुमाउने



Spread the love

एजेन्सी । बेल्जियन विंगर इडेन हाजार्डले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र एल क्लासिको गुमाउने भएका छन् । शनिबार लिग अन्तर्गत लेभान्तेविरुद्ध खेलमा चोट बोकेका हाजार्ड केहि समयको लागि मैदानबाहिर रहने भएका हुन् ।

यसअघि उनलाई चोट लागेको गोलिगाँठो भागमा नै पुन: चोट लागेको क्लबले जनाएको छ । गत नोभेम्बरमा च्याम्पियन्स लिग अन्तर्गत पीएसजीसँगको खेलमा हाजार्ड घाइते भएका थिए । उक्त चोटबाट पुनरागमन गरेको दोस्रो खेलमा नै हाजार्ड पुन: घाइते भएका हुन् । रियलले उनको चोट कति गम्भीर नरहेको बताएपनि उनले कम्तिमा २ महिना विश्राम लिनुपर्ने स्पेनिस संचारमाध्यमले जनाएका छन् ।

बुधबार हुने च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा रियलले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्