Logo

साकार पन्तको जादुमा बरिष्ठ कालाकर देखि नयाँ कालाकर कैद,भिडियो ट्रेन्डिङ २ मा ( भिडियोमा)



Spread the love

साकार पन्तको निर्देशित चलचित्र ‘हिजो आज का कुरा’को पहिलो गीत ‘माया जादु’ बोलको भिडियो हाइलाइट्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् । दर्शकबाट निकै राम्रो प्रतिक्रिया आएको छन् भने ट्रेलर सार्वजनिक भएको २० घण्टामै ट्रेन्डिङ ५ मा पर्न सफल भएको छ ।

भिडियो ६ मिनेट ३६ सेकेन्डको रहेको छ भने उक्त गीत निकै फरक अवातारमा निर्माण गरिएको छ हाँस्य कलाकार,बरिष्ठ कालाकर देखि नयाँ कलाकारको अनुहार गीतमा कैद गरिएको छ ।

आनन्द अधिकारीको शब्द रहेको गीतमा दिपक शर्मा संगीत भरेका छन् भने चर्चित गायक राम कृष्ण ढकाल र चर्चित गायिका मेलिना राईको स्वरमा रहेको छ ।

भिडियोमा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा ) दिपा श्री निरमला,जितु नेपाल ,सन्तोष पन्त, रमा थपलिया,केकी अधिकारी, रिचा शर्मा, दिव्य देव पन्त, रिमा बिश्वोकर्मा, जयनन्द लामा, रमेश अधिकारी, जेबिका कार्की, विनायक कुइकेल, अनुष्का अधिकारी, निरन्जन प्रसाद अर्याल, लक्ष्मी भुसाल, सबिन शाक्य, मंजु श्रेष्ठ, सैलेजा पाण्डे, कमला रेग्मीसँगै निर्देशक साकार पन्तले पनि स्वयं अभिनय गरेका छन् ।

पछिल्लो समय निकै चर्चामा रहेकोका ‘कमेडी च्यापियन’का जज सन्तोष पन्तले निर्माण गरेका छन् भने चलचित्रलाई उनका छोरा साकार पन्तले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/v56I3tYAlnQ

प्रतिक्रिया दिनुहोस्