Logo

रियललाई घरेलु मैदानमा म्यानचेस्टर सिटीको चुनौती, युभेन्ट्ससँग लियोनले प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी। च्याम्पियन्स लिगमा आज राति दुई विशेष खेल हुँदैछ । रियल मड्रिडले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ भने अर्को खेलमा लियोन र युभेन्ट्स भिड्ने छन् ।

रियलको घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई कडा चुनौती रहेको छ । म्यानचेस्टर यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा रहेको छ । लगातार रियल मड्रिडलाई तीनपटक च्याम्पियन्स लिगको उपाधि जिताएका प्रशिक्षक जिनेदिन जिदान यतिबेला तनावमा रहेका छन् ।च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी जस्तो बलियो प्रतिस्पर्धी रहेका कारण पनि आफ्नो पहिलो रोजाईका खेलाडी नहुनुले उनी तनावमा रहेका छन् ।

त्यस्तै आज राति नै हुने अर्को खेलमा युभेन्ट्सले लियोनको सामना गर्दैछ । गएको सिजन आयाक्सबाट पराजित हुँदै पाखा लागेको युभेन्ट्स यसपटक भने पुरानो गल्ती नहदोहोराउने पक्षमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्