Logo

माधव वाग्लेको ‘पारस’मा अनमोल अनुबन्धित, वैशाखबाट छायांकन !



Spread the love

युवा पुस्ताले निकै नै रुचाएका नायक हुन्- अनमोल केसी पछिल्लो समय एक पछि अर्को चलचित्रमा सुपर हिट भएका छन् । ‘ए मेरो हजुर ३’ पछि कुनै पनि चलचित्रमा देखिएका छैन् भने अहिले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त रहेका छन् । माधव वाग्ले निर्माण गर्न लागेको चलचित्र ‘पारस’मा नायक अनमोल केसी अनुबन्धित भएका छन् ।

वाग्लेको 'पारस'मा निर्माता भुवन, नायक अनमोल

माधव वाग्ले र निर्माता भूवन केसीविच ‘पारस’को निर्माणको बिषयमा सहमती भएको छ । अब,यो चलचित्र दि सुपर काजोल फिल्म्सको ब्यानरमा बन्नेछ । चलचित्रलाई माधव वाग्लेले निर्देशन गर्ने छन् । प्रदिप भारद्धाजको कथा रहेको चलचित्रलाई भुवन केसीले निर्माण गर्ने छन् ।

लामो समयको प्रयास पछि निर्देशक वाग्लेले अनमोललाई चलचित्रमा भित्र्याउन सफल भएका हुन् । मङ्गलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबिच कागजी सम्झौता भइसकेको छ ।

चलचित्र ‘एन्टी हिरो’ र ‘पारस’पछि मात्र बन्नेछ । बुझिएअनुसार, चलचित्र ‘एन्टी हिरो’मा नायिका जसिता गुरुङले अब चलचित्र ‘पारस’मा देखिने भएकी छन् तर, यो बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन । चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्