Logo

विश्व प्रख्यात रसियन टेनिस सुन्दरी सारापोभाद्वारा सन्यासको घोषणा



Spread the love

एजेन्सी । विश्व प्रख्यात रसियन टेनिस सुन्दरी मारिया सारापोभाले टेनिस खेलबाट सन्यास लिएकी छन् । पछिल्लो समय चोटका कारण खेल्न नसकेकी सारापोभाले आफु खेलका लागि फिट नभएको भन्दै सन्यास लिएकी हुन् ।

पाँच पटककी ग्रान्डस्लाम विजेता सारापोभा पछिल्लो समय चोटका कारण खेलमा फर्कन संघर्षरत थिइन्। पूर्व विश्व नम्बर एक सारापोभाले २००४ मा विम्बल्डन टेनिसको उपाधि १७ वर्षको उमेरमा जितेर इतिहास बनाएकी थिइन्। सन् २०१६ मा मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको भन्दै उनलाई १५ महिना प्रतिबन्ध गरिएको थियो । प्रतिबन्धपछि पुनः टेनिसका फर्किएकी सारापोभालाई पुरानै फर्ममा आउन गाह्रो भयो ।

पूर्व विश्व नम्बर एक सारापोभाको वरियता पछिल्लो समय खस्किएर तीन सय ७३औं स्थानमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्