Logo

सरस्वतीका कप्तान दीपेश दुई वर्षका लागि निलम्वित



Spread the love

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठ दुई वर्षको लागि निलम्बित भएका छन् । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरीत कार्य गरेको भन्दै एन्फाले २ वर्षको प्रतिबन्ध लगाएको हो ।

श्रेष्ठले हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीचको खेल अघि शेर्पाका गोलकिपरसँग फिक्सिङको प्रयास गरेको चर्चा चलेको थियो। यस विषयमा फागुन २ गते बसेको एन्फाको अनुशासन कमिटीको बैठकले श्रेष्ठलाई २ वर्ष एन्फाको आयोजना या स्वीकृतिमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्वन गरेको एन्फाले जनाएको छ। त्यस्तै उनलाई ५० हजार जरिवाना तोकेको छ।

उक्त खेलमै प्रतियोगिता नियमावली विपरीत कार्य गरेको भन्द हिमालयन शेर्पाका गोलकिपर प्रशिक्षक मिनबहादुर बस्नेतलाई अनुशासन समितिले कडा चेतावनी दिएको एन्फाले जनाएको छ । साथै हिमालयनका टिम म्यानेजर बिजेन्द्र पुडासैनीलाई नियमावली विपरीत काम गरेको भन्दै तीन वर्षसम्मको लागि प्रतिबन्ध लगाइएको र ३० हजार जरिमाना लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्