Logo

आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरियो



Spread the love

एजेन्सी। इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग २–१ ले पराजय व्यहोरेसँगै आर्सनल राउन्ड अफ ३२ बाटै बाहिरिएको हो ।

लण्ड क्लब आर्सनलले पहिलो लेग अवे मैदानमा १–० ले जितेपछि दोस्रो लेगमा ग्रिक क्लब ओलम्पियाकोसंग घरेलु मैदानमै २–१ ले हारेपछि अवे गोलका आधारमा बाहरियो । समग्रमा नतिजा २–२ भए पनि घरेलु मैदानमा दुई गोल व्यहोरेपछि आर्सनल बाहिरिएको हो ।

४३औं मिनेटमा पापे अबाउ सिसेले गोल गर्दै लम्पियाकोसलाई अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटमा ओलम्पियाकोसले अग्रता कायम राख्दा नतिजा समग्रमा १–१ भएको थियो । त्यसपछि थप गरिएको ३० मिनेटमा दुवै टिमले एक–एक गोल थपे । ११३ औं मिनेट ओवामेयाङले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । तर १२० औं मिनेटमा युसुफ एल अरबीले गोल गर्दै ओलम्पियाकोसलाई २–१ को अग्रता दिलाउँदा समग्रमा नतिजा २–२ भयो । त्यसपछि ओलम्पियाकोस अवे गोलका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

यस्तै युक्रेनी क्लब साख्तर डोनेस्कले पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ५–४ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । दोस्रो लेगको खेल ३–३ गोलको बराबरीमा टुंगिएपनि साख्तरले पहिलो लेगमा लिएको २–१ को अग्रता अघिल्लो चरणमा पुग्न पर्याप्त बन्यो ।

प्रतिक्रिया दिनुहोस्