Logo

इटालियन सिरी ए: इन्टर मिलान र युभेन्टसको खेल दर्शकले हेर्न नपाउने



Spread the love

एजेन्सी । इटालियन सिरी ए का शीर्ष दुई टोली इन्टर मिलान र युभेन्टसबीचको खेल आइतबार हुँदैछ । तर उक्त खेलमा दुवै तर्फका दर्शकले मैदानमा गएर खेल हेर्न नपाउने भएका छन् ।

सिरी ए ले इटालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यस साता हुने पाँच खेलमा दर्शकलाई प्रवेश नदिई खेल संचालन गर्ने भएको हो । मिलान क्षेत्रमा कोरोनाको त्रास बढेपछि एसी मिलान र जेनोआको खेलमा पनि दर्शक हुने छैनन् ।

इटालियन लिगमा इन्टर मिलन शीर्षस्थानमा रहेको युभेन्टसभन्दा ६ अंकले पछाडी छ । पछिल्लो केहि साता अनुकुल नतिजा नआउँदा इन्टर समस्यामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्