Logo

आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगिता फाल्गुन १७ देखि मुलपानी खेलकुद मैदानमा



Spread the love

सातौं सि.एस.आइ.टि टी-ट्वान्टी क्रीकेट प्रतियोगिताको बिजेता न्यु समिट कलेजले यहि फाल्गुन १७ देखि मुलपानी खेलकुद मैदानमा आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगिता आयोजना गर्दैछ ।

आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगितामा १३ वटा कलेजले सहभागीता जनाउनेछन । सहभागी कलेजहरुमा सगरमाथा कलेज, बि.एम.सि, सेन्ट जेभियर्स, अस्कल, स्वास्तिक, सेन्ट लरेन्स, एच.सि.ओ.इ, मदन भण्डारी, पि.एम.सि, प्राइम, एकेडेमिया, नेपालय र आयोजक न्यु समिट कलेज रहेका छन । खेलको टाइसिट फाल्गुन १५ गते राष्ट्रिय खेलकुद परिषदको मिडिया हलमा एक कार्यक्रममा बिच सार्वजनिक गरियो ।

भोलि देखि सुरु हुने प्रतियोगितामा पहिलो खेल आयोजक न्यु समिट कलेज र सेन्ट जेभियर्स कलेज बिच बिहान ८ बजे हुनेछ । त्यस्तै भोलि नै हुने दोस्रो खेलमा सातौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगिताको उपबिजेता सगरमाथा केलेज र स्वास्तिक कलेज बिच दिउँसो १ बजे देखि हुनेछ ।

खेल लिग चरणमा खेलाइने छ । २० ओभरमा खेलाइने प्रतियोगितामा क्वार्टर फाइनलका खेलहरु ८ र ९ गते खेलाइने छ भने सेमिफाइनलका खेलहरु १० गते हुनेछन । फाइनल खेल फाल्गुन ११ गते बिहानको १० बजे बाट सुरु हुनेछ ।

सि.एस.आइ.टि टी-ट्वान्टी क्रीकेट प्रतियोगिता सि.एस.आइ.टि इतिहासको सबैभन्दा लोकप्रिय प्रतियोगिताका रुपमा आम विद्यार्थीहरुको माझमा रहदै आएको छ । सातौ सि.एस.आइ.टि क्रीकेट प्रतियोगिताको मिडिया पार्टनर सल्लेरी खबर रहेको थियो भने यसपटकको आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगितामा समेत अनलाइन मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्