Logo

महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार



Spread the love

१८ फागुन, महोत्तरी। महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार भएको छ । आइतबार बिहान २ बजे जिल्लाको मनरासिसवा नगरपालिका स्थानीय सहदेवप्रसाद यादवमाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बुढाथोकी नेतृत्वको प्रहरी टोलीका अनुसार गाेली कसले र किन प्रहार गर्‍याे भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्