Logo

वाटफोर्डसँग स्तब्ध भएसँगै लिभरपुलको अपराजित यात्रामा लग्यो पूर्णविराम



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रेलिगेसन जोनमा संघर्ष गरिरहेको वाटफोर्डसँग ३–० ले पराजित भए पछि प्रिमियर लिगमा लिभरपुलको २७ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको हो ।

घरेलु मैदानमा भएको खेलमा वाटफोर्डलाई जित दिलाउन स्माइला सारले दुई गोल गरे । त्यस्तै ट्रोय डिनेले एक गोल गरे । लिभरपुलले यसअघि २६ खेलमा जित तथा १ खेलमा बराबरीको नतिजा निकालेको थियो । यो हारसँगै लिभरपुलले उपाधिको लागि अझै पर्खनुपर्ने भएको छ ।लिभरपुल २८ खेलबाट ७९ अंक जोडेर शीर्षस्थानमा रहँदा वाटफोर्ड २७ अंकसहित १७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्