Logo

फ्रेन्च लिग वान: एमबाप्पे चम्कदा पीएसजीको सानदार जित



Spread the love

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ । पीएसजीले डिजोनमाथि ४–० को सानदार जित निकालेको हो ।

पीएसजीको सानदार जितमा एमबाप्पेले दुई तथा पाब्लो साराविया र मोउरो इकार्डीले गोल गरे । खेलको तेस्रो मिनेटमा नै मार्कुन्योसको पासमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए । ७४औं मिनेटमा ड्राक्सलरको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे । त्यसको तीन मिनेटपछि एमबाप्पेको पासमा मोउरो इकार्डीले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–० को सानदार जित दिलाए ।

जितसँगै पीएसजीले फ्रेन्च लिग वानमा २७ खेलबाट ६८ तथा मार्सेलीको ५५ अंक बनाएको छ भने डिजोनको २७ अंक रहेको छ ।

अर्काे खेलमा मार्सेलीले निम्समाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्