Logo

एल क्लासिकोमा आज बार्सिलोना र रियल म्याड्रिडबीच भिडन्त



Spread the love

एजेन्सी । बार्सिलोना र रियल म्याड्रिडबीचको ला लिगा अन्तर्गत एल क्लासिको भिडन्त आज राति हुदैछ । रियल मड्रिको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।

बार्सिलोनालाई शीर्ष स्थान कायम राख्‍न बराबरी भए पनि पुग्‍ने छ । तर, रियललाई शीर्ष स्थानमा पुग्‍न जित्‍नै पर्ने दबाब छ । उता बार्सिलोना रियललाई हराउँदै तालिकाको शीर्ष कायम राख्‍ने योजनामा छ । घरेलु मैदानमा बलियो बन्दै रियललाई पुनरागमन गर्ने मौका रहेको छ । आजको खेलमा जित निकाल्ने टोलीले शीर्ष स्थानमा आफूलाई स्थापित गर्नेछ ।

२५ खेल खेलेको बार्सिलोना ५५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । रियल ५३ अंक सहित दोस्रो स्थानमा छ । आजको खेलमा जित निकाल्दै रियललाई प्रतियोगिताको शीर्ष स्थानमा उक्लने मौका छ ।

प्रतिक्रिया दिनुहोस्