Logo

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण त्यागेर बिदेशिए एलन



Spread the love

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली तथा च्यासल युथ क्लबका गोलरक्षक एलन न्यौपाने विदेश पलायन भएका छन्। आगामी महिना दशरथ रंगशालामा हुने फिफा विश्वकप र एएफसी एसियन कपका लागि घोषणा गरिएको ३१ सदस्यीय प्रारम्भिक टिममा रहेका एलन अस्ट्रेलिया गएका हुन् ।

भर्खरै सम्पन्न ए डिभिजन लिगमा च्यासलका लागि खेलेका एलन शनिबार अष्ट्रेलियातर्फ उडेका छन् । उनि फिफा विश्वकप छनौटतर्फ अष्ट्रेलिया र चाइनिज ताइपेइ विरुद्ध घरेलु मैदानमा हुने खेलका लागि एलन पनि नेपाली टोलीको प्रारम्भिक टोलीमा रहेका थिए । एलनले नेपाली फुटबलमा राम्रो भविष्य नेदेखेरै विदेशको बाटो रोजेका छन् ।

नेपालको यु–२३ टिमका नियमित सदस्य एनलले नेपालले २०१६ को बंगगबन्धु कप र १२ औं सागमा स्वर्ण जितेका थिए। राष्ट्रिय टिमका एलन नेपालका उत्कृष्ट गोलकिपर मध्यमा पर्छन्।

नेपालीमा फुटबल खेलेर भविष्य बनाउन कठिन देखिएपछि राष्ट्रिय खेलाडी विदेशिने क्रम जारी छ। यसअघि मिडफिल्डर हेमन गुरुङ पनि अस्ट्रेलिया नै भासिएका थिए।

प्रतिक्रिया दिनुहोस्