Logo

सुशील र रोजनलाई स्वर्ण



Spread the love

१९ फागुन, काठमाडाैँ – सुशील न्यौपाने र रोजन गौतमले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्णपदक जितेका छन् । सुशील यु–१० तथा रोजन यु–१२ ब्वाइज सिङ्गल्समा च्याम्पियन बने । स्वर्ण विजेताद्वय आयोजक आरुणी स्कूलका हुन् । यु–१० ब्वाइज सिङ्गल्स फाइनलमा सुशीलले आफ्नै स्कूलका गौरव बस्नेतलाई ११–५, ६–११, १३–११ र ११–९ को सेटमा पराजित गरे ।

यु–१२ ब्वाइज सिङ्गल्स फाइनलमा रोजनले विजेश्वरीका एड्रिन शाहीलाई ११–७, ५–११, ११–५, ६–११ र ११–० को सेटमा हराए । यु–१६ ब्वाइज सिङ्गल्समा एभरेष्टका समिर खत्री पहिलो भए । उनले फाइनलमा आरुणीका सुशान्त चौलागाईलाई ११–८, ११–८ र १२–१० को सोझो सेटमा पाखा लगाए ।

यु–१४ ब्वाइज सिङ्गल्स फाइनलमा एभरेष्टका हिमाल विष्टले प्रोक्सिमाका रोमन थापा मगरलाई ११–८, ११–७ र ११–२ को सिधा सेटमा पन्छाउँदै स्वर्ण जिते । ब्वाइज डबल्समा एभरेष्टका समिर खत्री र हिमाल विष्टको जोडीले स्वर्ण जित्यो । फाइनलमा उक्त जोडीले आरुणीका सुशान्त चौलागार्इं र रोजन गौतमको जोडीलाई ११–५, ११–६ र १२–१० ले निराश पारे ।

सोही स्पर्धाको गल्र्स फाइनलमा प्रोक्सिमाका दिया देउला र नर्मदा खाइतुको जोडीले प्रभातका आरती सुवाल र प्रदीपा सुवालको जोडीमाथि ११–७, ११–९ र ११–८ को जीत दर्ता गर्दै पहिलो स्थान हात पारे । दुई दिने उक्त प्रतियोगितामा विभिन्न ३२ विद्यालयका ३१६ खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्