Logo

एल क्लासिकोमा बार्सिलोनामाथि रियलको सानदार जित



Spread the love

एजेन्सी। स्पेनिस ला लिगाको ‘एल क्लासिको’ मा रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई हराएको छ । सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियर र मारियानो डियाले एक / एक गोल गरे । रियलको जितमा युवा ब्राजिली फरवार्ड भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे ।

७१औं मिनेटमा टोनी क्रुसको पासमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिस गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । जुनियरको प्रहार जेरार्ड पिकेलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । इन्ज्युरी समयमा सब्सिच्युट मारियानो डियाजले मैदान छिरेको पहिलो मिनेटमा गोल गर्दै रियललाई २–० को जित दिलाए ।

यि दुई टोलीले गत डिसेम्वरमा नोउ क्याम्पमा भएको खेलमा गोलरहित बराबरी खेलेका थिए ।जितसँगै रियलले एल क्लासिकोमा बार्सिलोनालाई १०० पटक हराउन सफल भएको छ । यस्तै ला लिगामा रियलले धैरे क्लासिको जित्न सफल भएको छ । ला लिगामा मात्रै यि दुई टोली १८० पटक प्रतिस्पर्धा गर्दा रियलले ७३ खेलमा जित निकाल्न सफल भएको छ ।

जितसँगै रियललको २६ खेलबाट ५७ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको हो । पराजित बार्सिलोनाको समान खेलबाटै ५६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्