Logo

ला लिगामा सेभियाको ओसासुनामाथि संघर्षपुर्ण जित



Spread the love

एजेन्सी। स्पेनिस ला लिगामा सेभियाले संघर्षपुर्ण जित हात पारेको छ । घरेलु मैदानमा सेभियाले १० खेलाडीमा समेटिएको ओसासुनालाई ३–२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा लुकास ओकम्पासले गोल गरे । ओसासुनाका एरिडेन हर्नान्डेज र रोवर्टाे टोरेसले गोल गरे ।

जितसँगै सेभिया २६ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । सेभियाले गेटाफेलाई १ अंकले पछि पारेको हो । ओसासुना ३१ अंक जोडेर १२औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्