Logo

इटालियन सिरी ‘ए’ : जापाटाको ह्याट्रिकमा एटलान्टाको सानदार जित



Spread the love

एजेन्सी। डुभान जापाटाको ह्याट्रिकमा इटालियन सिरी ‘ए’ मा एटलान्टाले सानदार जित निकालेको छ । एटलान्टाले घरेलु टोली लिसमाथि ७–२ को फराकिलो जित हात पारेको हो ।

एटलान्टालाई फराकिलो जित दिलाउने क्रममा जापाटाको ह्याट्रिकसँगै जोसिप लिलसिस, लुइस मुरेल र रुस्लान मालिनोभ्स्कीले गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु टोलीका रिकार्डाे सापोनोरा र जिउलियो डोनाटीले गोल गरे ।

१७औं मिनेटमा जिउलियो डोनाटीको आत्मघाती गोलबाट एटलान्टाले खेलमा अग्रता बनायो । २२औं मिनेटमा डुभान जापाटाले गोल गर्दै एटलान्टाको अग्रतालाई दोब्बर पारे । २९औं मिनेटमा रिकार्डाेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत देखाए । ४०औं मिनेटमा जिउलियो डोनाटीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा फर्काए । ४७औं मिनेटमा जोसिपले गोल गर्दै एटलान्टालाई खेलमा ३–२ को अग्रता दिलाए । ५४औं मिनेटमा डुभान जापाटाले गोल गर्द एटलान्टाले खेलमा ४–२ को अग्रता बनायो । ६२औं मिनेटमा जापाटाले ह्याट्रिक पुरा गरे । ८७औं मिनेटमा लुइस मुरेलले गोल गर्दै एटलान्टालाई फराकिलो जिततर्फ उन्मुख भयो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस्लानले गोल गर्दै एटलान्टालाई ७–२ को सानदार जित दिलाए ।

जितसँगै एटलान्टा २५ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजितर लिस २६ अंक जोडेर १६औं स्थानमा छ ।

अर्काे खेलमा रोमाले काग्लिएरीमाथि ४–३ को जित निकालेको छ । रोमाको जितमा निकोला कालिनिकले दुई तथा जस्टिन क्लुभर्ट र हेनरिक मिखटारियनले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्