Logo

टेष्ट सिरिज : भारतमाथि घरेलु टोली न्युजिल्यान्डको सानदार क्लिनस्वीप



Spread the love

एजेन्सी। न्युजिल्यान्डले भारतसँगको दुई टेष्ट सिरिजमा सानदार क्लिनस्वीप गरेको छ । सोमबार बिहान दोस्रो टेष्ट खेलको तेस्रो दिनमै भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्यान्डले सिरिज क्लिनस्वीप गरेको हो ।

पहिलो टेष्ट खेलमा न्युजिल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । भारतले प्रस्तुत गरेको १ सय ३२ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ३६ ओभरमा ३ विकेटको नोसनिमा भेटायो। ओपनर टम ब्लन्डेल १ सय १३ बलको सामना गर्दै ८ चौका र १ छक्का सहित ५५ रन जोड्दा कप्तान केन विलियम्सन ५ रनमै क्याच आउट भए । अर्का ओपनर टम लेथम ७४ बलमाको सामना गर्दै ५२ रन क्याच आउट भए । भारतका जस्प्रित बुमराहले २ र उमेश यादवको नाममा १ विकेट रह्यो ।

तेस्रो दिन ३६ ओभरमा ९०–६ को अवस्थाबाट सुरुवात गरेको भारत ४६ ओभरमा १ सय २४ रनमा अल आउट हुन पुग्यो । दोस्रो ओभरको पाँचौ बलमै ट्रेन्ट बोल्टले ओपनर मयंक अग्रवाललाई ३ रनमा एलबिडब्लू आउट गरे । टिम साउथीले अर्का ओपनर पृथ्वी शालाई टम लेथमबाट १४ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए । न्युजिल्यान्डका तीब्र गतिका बलर ट्रेन्ट बोल्टले १४ ओभरमा ४ मेडन राख्दै २८ रन खर्चेर ४ विकेट लिए । टिम साउथी ३, कोलिन डि ग्रान्डहोम र निल वाग्ररले १(१ विकेट लिए ।

त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ७३।१ ओभरमा २ सय ३५ रनमा अल आउट हुँदै ७ रनले पछि परेको थियो । न्युजिल्यान्डका टम लेथमले १ सय २२ बलको सामना गर्दै सर्वाधिक ५२ रनको योगदान दिए । टम ब्लन्डेल ३०, कप्तान केन विलियम्सन ३, रस टेलर १५, हेनरी निकोलस १४ र विकेटकिपर बिजे वाटलिङ्गले खाता खोल्न सकेनन् । भारतका मोहम्मद सामीले ४, जस्प्रित बुमराह ३, रविन्द्र जडेजा २ र उमेश यादवले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्