Logo

सुरेन्द्रको‘बेन्जो’मा अदितीसँगै गायक नितेशजंग अनुबन्धित ?



Spread the love

चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिकाहुन्- अदिती बुढाथोकी ‘कृ’पछि कुनै पनि चलचित्रमा देखिएकी छैन भने ‘कृ’का निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘बेन्जो’मा अदिती र गायक नितेशजंग कुँवर अनुबन्धित भएका छन् ।

सुरेन्द्रको ‘बेन्जो’मा सुहाउला अदिती र नितेशको जोडी ?

युवा पुस्तामामाझ चर्चा परिचर्चा बटुल्न सफल गायक नितेशजंग यस चलचित्र बाट नेपाली रजतपटमा भित्रिएका छन् ।अदितीले पनि पहिलो चलचित्रबाट दर्शकको मनमुटुमा राज गरिसकेकी छन् भने दुई बर्षको अन्तरालपछि पुन नेपाली चलचित्रमा फर्किएकी छन् । यी दुईको जोडी कस्तो रहने हो भन्ने धेरैको मनमा कौतुहलता जागेको छ।

चलचित्रको केही दिनमा औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ । मुम्बाई बस्दै आएकी अदिती नयाँ चलचित्रको लागि नेपाल आइसकेकी छिन् । उक्त चलचित्र लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको चैत्रबाट सुरु छायाङ्कन हुने छ भने चलचित्र सिक्किममा छायांकन हुने बताइएको छ ।

चलचित्रको विषयमा निर्माणपक्ष केही बोलेको छैन । केही समयमा चलचित्रको औपचारिक निर्माण घोषणा गर्ने भन्दै निर्माण पक्ष चुप रहेको छ । बुझिए अनुसार चलचित्रको नाम ‘बेन्जो’ राखिएको छ । तर, निर्माण पक्षले भने यस कुरालाई पक्का गरेको छैन ।केही समय यता सुरेन्द्र फिल्मको तयारीमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्