Logo

पोर्ट्समाथलाई पराजित गर्दै आर्सनल एफए कपको क्वाटरफाइनलमा



Spread the love

एजेन्सी। प्रिमियर लिग क्लब आर्सनल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले लिग वान क्लब पोर्ट्समाथलाई २–० ले पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भएको हो ।

फ्राटन पार्कमा सोमबार राति भएको खेलमा आर्सनललाई जित दिलाउने क्रममा सोक्राटिस पापस्थाथोपोउलस र इडवार्ड एनकेइटाले गोल गरेका थिए । ४५औं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ५१औं मिनेटमा इडवार्डले गोल गर्दै आर्सनलको जित पक्का गरे । त्यसपछि पनि आर्सनलले केही अवसर खेर फाल्दा थप गोल अन्तरमा जित सफल भएन ।

प्रतिक्रिया दिनुहोस्