Logo

युवा स्टार यान म्यानचेस्टरमा अनुबन्धित !



Spread the love

एजेन्सी। ब्राजिली युवा स्टार यान कोउटो इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । सिटीले ब्राजिलका यु–१७ विश्वकप विजेता युवा राइट ब्याक यान कोउटोलाई ब्राजिली सिरी ‘बी’ टोली कोरिटिवाबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

सिटीले आर्सनल, बार्सिलोना र जर्मन क्लब बायर लिभरकुसेनलाई पछि पार्दै यानलाई अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी २०२४ सम्म सिटीमा रहनेछ । यान आगमी जुनमा सिटीमा आउनेछ । यानकै उच्च प्रदर्शनमा ब्राजिले २०१९ मा घरेलु भुमिमा आयोजना भएको यु–१७ विश्वकप फुटबलको उपाधि जित्न सफल भएको थियो । ब्राजिलले मेक्सिकोलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो । उनले ब्राजिलको यु–१७ टोलीबाट २०१८/१९ मा १३ खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्